विगत केही महिना देखि सभासदको फुस्रदको समय पारी हामी सभासदहरुको घर घर घुम्दै हिडिरहेका छौं । हाम्रा देशका संविधान निर्माता सभासदहरुलाई नजिकवाट निहाल्न साथै आजको दिनमा देशको संविधान निर्माण प्रकृयाले कुन मोड लिन लागेको छ र सदन भित्र र सदन बाहिर सभासदहरु बीचको अन्तर संघर्षका केही खटपटहरु पनि थाहापाउन यो कार्यक्रमले अत्यन्तै सहयोग पुर् याएको छ । यो दौराहनमा हामीले सिकेको एउटा कुरो सविधान बनाउन सभासदहरुले नै सबै कुरो जान्नै पर्छ भन्ने चाँहि होईन रहेछ । त्यसैले पनि तपाई हामी जस्ता आम नागरिकहरुले पनि आ आपुनै क्षेत्रवाट सके सम्मको योगदान गर्नै पर्ने रहेछ ।
साथमा ल्याप्टप प्रस्तुतीकरणको लागि केहि जलवायु परिवर्तन सम्बन्धि जानकारी भएका पर्चाहरु अनि युवा सम्मेलनले तयार पारेको ूजलवायु परिवर्तनः युवा घोषण पत्रू र हामीले अत्यन्तै मिहेनत गरेर तयार पारेको सविधान निर्माणका लागि सहयोगी हुने वातावरण सम्बधी केही वुदाहरुको थैलो लिएर हामी सभासदहरुको घर घरमा पुग्छौं । सभासदहरु सँग हाम्रो एउटै विमति रहन्छ राजनीति परिवर्तनशील अनि अग्रगामी हुछ तर वातावरण पर्यावरण भने यथास्थिती वादमा विस्वास गर्छ । वातावरणलाई अग्रगामी बनायौ भने बिनास तर्पु अघि बढ्छ ।
हुन त भेटघाटको दैराहनमा हाम्रा सभासदहरु बिग्रदो वातावरण प्रति निकै नै सचेत भएका पायौं । अमेरिकाले त्यो कुन सन्धिमा हस्ताक्षण नगरेकोले नै यस्तो भएको हो भन्ने कुरा देखि काठ्माडौंको फोहोर र वायु प्रदुषणका बारेमा हाकी हाकी गफ गर्छन हाम्रा सभासदहरु । कोही यही प्रदुषण गरको धुवा धुलोलाई कार्वनको व्यापार बेचेर मनग्य धनराशी भित्रयाउन सकिन्छ भन्दा छक्क पर्छन त कोही यो सबै पुजीपतिहरुले गरीबहरुलाई थुपारेको समस्या हो र यसको कुनै औचित्य छैन भन्छन् । हेर्नुस न यी विविधता यी सविधान निर्माताहरुलाई एकै स्थानमा राखेर यस्ता बिषयहरुमा छलफल गर्नु कत्तिको न्याय संवत होला त त्यसैले पनि हामीले सभासदहरुको घर घरमा नै गएर व्यक्तिगत रुपमा नै छलफल गर्ने योजना बनाएका हौं ।
आज यो सुरुवातको घडीमा हामी अत्यन्तै हर्षित छौं । रात बिहान या बेलुका नभनी हाम्रा साथीहरुले देखाएको जागरुकता साथै अधिकांश सभासदहरुले हामीसगँ गरेको वाचा अनि त्यो न्यानो माया हामी कहिल्यै बिसने छैनौ । एक बेलुकीे लगभग आँठ बजे एमालेकी सभासद पद्यमकुमारी ववव घरमा उहाँ एक्लै हुनुहुदो रहेछ । दिन भरिको थकाई एकछिन आराम लिने के सोचमा हुनुहुन्थ्यो हामी टुप्लुक्क पुग्यौ । सुरुमा उहाँ झर्कनु भयो पछि कारण थाहा पायौं
हामी बाहेक आज सम्म कोही पनि यस्तो जनचासोको विषय लिएर त्यहा गएको रहेनछ । सबै जागिर चन्दा सरुवा आदीका लागि मात्र जाने रहेछन् । ूहेर्नुस न भाई हामी कसैलाई जागिर खुवाउन अनि पैसा बाढ्न त आएका हैनौ निू सभासद पद्यमकुमारी अर्यालले दुखेसो पोखिन् । यो समस्या त्यहाँ मात्र सिमीत रहेन । लगभग सवै सभासदहरुको यस्तै रहेछ हविगत । पछि सभासद पद्यमकुमारी अर्यालले घरमा कोही छैन पर्खनुस् तपाईहरुलाई म आफै तातो चियो बनाएर खुवाउछु भनेर भान्सा तिर लाग्नु भयो ।
आजको मिति सम्म आईपुग्दा हामी १४ जना विभिन्न राजनैतिक दलका सभासदहरुको घर÷डेरा पुगि सक्यौं । धेरै जसोकोमा बिहानको समय उपयुक्त देखिएको छ । श्री ईको भिजनरीले सहयोग गरेको बिधुत्ीय गाडी पनि हिजो आजको कठोर लोडसेडिङ्गले बन्द भएको छ । साथमा लगेको तुल ब्यानरमा सबै सभासदहरुले हस्ताक्षर गरी सहमती जनाई नै रहनु भएको छ ।
हामीहरुले यही भेटमा सभासदहरुलाई जलवायु परिवर्तनका विविद विषयहरुलाई सम्बोधन हुने किसीमको खाका कोरीनु पर् यो हैं हाम्रो अवको संमिधानमा भनेर पनि प्रस्तुत गर्दछौं । धेरै जसोले ूहो ! यो त हुनै पर्दछ । वातावरण हाम्रो आधारभुत आवश्यक्ता हो यसको राम्रो सम्बोधन हुनुपर्छू भन्नुहँुदा साह्रै खुसी हुने गरेका छौं । अझ वहाँहरुले जलवायु परिवर्तनमा थप रुचि देखाउनु हुदा त हामीले गरेको काम सराहिएको जस्तो लाग्छ । कांग्रेसका युवा सभासद गगन थापाको उत्साह र सहयोग गर्ने वाचा कांग्रेस कै अर्का सभासद डा। रामसरण महत र एमालेका बिजय पौडेलको विषयगत ज्ञान अत्यन्तै सराहनीय थियो । अर्थ बिज्ञ डा। महतले केहि वातावरणवादीहरुको व्यवहार प्रति गर्नु भएको गुनसो पनि सायद जायज नै थियो होला । मधिसे जनअधिकार फोरमका सभासद शिव नारयण उराउले कोटेश्वरको त्यो छेउमा बिधुत्यि गाडीमा सफर गर्दै अत्यन्तै चासोका साथ गरेको छलफल अनि मोओवादीका सभासद झक्कु सुवेदी र देवि खड्कालाई छुन नसकेको वातावरणको चाख सवै एकनासका कहाँ थिए र ! संविधान सभा प्राकृतिक स्रोत आर्थित अधिकार तथा राजस्व बाडफाड समितीका सभापती तथा माओवादीकी सभासद अमि्रता थापामगर र वहाँ कै घरमा रहनु हुने अर्का सभासद गोमा पाठकले देखाउनु भएका चासो भने उत्साहजनक नै थियो ।